+

शुक्रबारदेखि राजधानीमा ‘मेड इन नेपाल’ प्रदर्शनी

Made-In-Nepal-Expo२७ चैत, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि ‘मेड इन नेपाल’ प्रर्दशनीको हुँदैछ । चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीको उद्घाटन शुक्रबार दिउसो उद्योग मन्त्री महेश बस्नेतले गर्दैछन ।

नेपाल यूवा उद्यमी मञ्चले नेपालमा उत्पादित वस्तु तथा सेवाहरुको प्रर्दशनी गर्न लागेको हो । बुधाबारदेखि स्टल निर्माण र साजसज्जाको काम सुरु भइसकेको संयोजक सुदर्शन बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार बिहीबार दिउँसो दुई बजेसम्म स्टल र साजसज्जाको काम पुरा भइसकेको छ ।
मेलामा साना ठूला गरी १३० वटा स्टलहरु रहनेछन् । जसमध्ये ९५ प्रतिशत स्टलहरु बुकिङ भइसकेको संयोजक बस्नेतले जनाकारी दिए ।

मेलामा सहभागी हुन चाहाने पाँच प्रतिशतले स्टलको कन्ट्रयाक र्फम बुझाइसकेका छैनन् । यस पटकको मेला ‘हाम्रो पनि राम्रो पनि’ भन्ने मुल नारासहित आयोजना हुन लागेको हो ।

मञ्चले विगतका तीन मेलाहरु ‘आफ्नो भनेको आफ्नै हो’ भन्ने मुल नारासहित आयोजना गरेको थियो ।

मेलामा तीनवटा प्याभिलियन रहने बताइएको छ । एउटा महिला उद्यमीद्धारा उत्पादि वस्तुहरुको प्याभिलियन रहनेछ भने दोस्रो जुत्ता व्यवसायीहरुको र तेस्रो हर्वल उत्पादकहरुको प्याभिलियन रहनेछ ।

मञ्चले विगत दश वर्षदेखि नेपाली वस्तुहरुको प्रवर्द्धनमा सहयोगी भूमिका निर्वाह गर्दै आएको छ । मञ्चले यस पटक आयोजना गर्न लागेको पाँचौं संस्करणको मेला हो ।
मेलामार्फत नेपाली वस्तुहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रचार प्रसार तथा प्रवर्द्धन गरी नेपाली वस्तुहरुप्रति आमउपभोक्ताको विश्वास बढाउने उद्देश्य राखिएको छ ।

‘यो एउटा प्रर्दशनीमात्र नभएर अभिया पनि हो’ संयोजक बस्नेतले भने- ‘नेपाली वस्तु तथा सेवालाई नेपालीले आफ्नो सम्झेर प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन नै मेला अयोजना गर्न लागिएको हो ।’

यस पटकको मेलाको मुख्य प्रयोजन शिवम सिमेन्टले गरेको छ । शिवमले तीन वर्षको मेला प्रायोजन गर्नेगरी मञ्चसँग सम्झौता गरिसकेको छ । जसले गर्दा तीन वर्षसम्म मञ्चले आयोजना गर्ने मेलाको नाम ‘शिवम सिमेन्ट मेड इन नेपाल’ रहनेछ ।

React to this post

Conversation

New Old Popular