+

इडीभी २०१६ को नतिजा सार्वजनिक

flag-of-america

२२ वैशाख, काठमाडौं । अमेरिकी डाइर्भसिटी भिसा (इडीभी)को नतिजा सार्वजनिक भएको छ । सन् २०१६ को इडीभी नतिजा सार्वजनिक गरिएको हो । २०१४ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्मको इडीभी कार्यक्रम अन्तर्गत डीभी भरेकाहरुको नतिजा सार्वजनिक गरिएको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको हो ।

डीभी चिठ्ठाको नतिजा डीभी लट्टरी डट स्टेट डट जीअोभीमा गएर हेर्न  सकिनेछ । यद्यपी मंगलबार बिहानसम्म नतिजा हेर्न  सकिएको छैन । नेपालस्थिति अमेरिकी दूतावासले ट्वीटरमार्फत नतिजा सार्वजनिक भएको घोषणा गरेको हो ।

अमेरिका जान इच्छुक, शैक्षिक योग्यता पुगेकाहरुले भरेको डीभी चिठ्ठाका आधारमा रिजल्ट सार्वजनिक भएको हो ।

React to this post

Conversation

New Old Popular