+

जनकपुरमा प्रहरीको गोली लागेर किशोरीको मृत्यु, ११ घाइते

फाइल तस्वीर
फाइल तस्वीर

 

२५ भदौ, जनकपुर । जनकपुरको मिल्स एरियामा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

मधेसी मोर्चाका कार्यकर्ताहरुले कर्फ्यू तोडेर जनकपुर नगर क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर भेगासीपुरकी नितु यादवको मृत्यु भएको हो ।

मिल्स एरिया, श्यामचोक, कदम चोक, आँखा अस्पताल लगायतका क्षेत्रहरुमा प्रदर्शन भैरहेको छ । अहिले जनकपुर क्षेत्रको स्थिति तनावग्रस्त छ ।

React to this post

Conversation

New Old Popular