+

के ज्यान देखाएरै चलेका हुन् त सविन ?

sabin-kissed-janwi
काठमाण्डौका भित्तामा चलचित्र ‘सपना तिम्रो मेरो’का जती पनि पोष्टर टाँसिएका छन्, त्यसमा एक नायक आफ्नो शरीर देखाएर उभिएका छन् ।
एक्सन नायकको रुपमा छवि बनाउँदै गएका नायक सविन श्रेष्ठ आफ्नो ज्यान देखाएरै दर्शकलाई हलसम्म तान्न सकिन्छ कि भन्ने सोचमा छन् । सविन श्रेष्ठलाई ठूलो साइजमा राखिएर तयार पारिएका पोष्टरले दर्शकलाई हलसम्म ताने या तानेनन्, त्यसको विश्लेषण केही समयमा होला ।

तर, चलचित्रको शुक्रबार र शनिबारको व्यापारले निर्देशक तथा निर्माता ऋषिराज आचार्य भने खुशी छन् । उनले २ दिनमा देशभरबाट चलचित्रले करिब १६ लाख ७५ हजारको ग्रस कलेक्शन गरेको जानकारी अनलाइनखबरलाई दिएका छन् ।

सविनको साथमा सुशान्त कार्की, जान्वी बोहरा र सुरजनी केसीको मुख्य भूमिका रहेको यो चलचित्रले पारिवारिक प्रेम कथालाई उठान गरेको छ ।

शुक्रबार र शनिबार काठमाण्डौका केही हल हाउसफूल भएको निर्माताको दाबी छ । भुकम्पपछि सार्वजनिक प्रदर्शनमा आएका चलचित्रमध्ये केही आशा गरिएको पहिलो चलचित्र थियो, ‘सपना तिम्रो मेरो’ । दर्शकले चलचित्रको कथावस्तुलाई मन पराएको निर्देशक तथा लेखक आचार्य बताउँछन् ।

दुई हट हिरोइनलाई चुम्दै सविन, सार्वजनिक कार्यक्रममै के भयो उनलाई ?(फोटो फिचरसहित)

React to this post

Conversation

New Old Popular