+

के ज्यान देखाएरै चलेका हुन् त सविन ?

sabin-kissed-janwi
काठमाण्डौका भित्तामा चलचित्र ‘सपना तिम्रो मेरो’का जती पनि पोष्टर टाँसिएका छन्, त्यसमा एक नायक आफ्नो शरीर देखाएर उभिएका छन् ।
एक्सन नायकको रुपमा छवि बनाउँदै गएका नायक सविन श्रेष्ठ आफ्नो ज्यान देखाएरै दर्शकलाई हलसम्म तान्न सकिन्छ कि भन्ने सोचमा छन् । सविन श्रेष्ठलाई ठूलो साइजमा राखिएर तयार पारिएका पोष्टरले दर्शकलाई हलसम्म ताने या तानेनन्, त्यसको विश्लेषण केही समयमा होला ।

तर, चलचित्रको शुक्रबार र शनिबारको व्यापारले निर्देशक तथा निर्माता ऋषिराज आचार्य भने खुशी छन् । उनले २ दिनमा देशभरबाट चलचित्रले करिब १६ लाख ७५ हजारको ग्रस कलेक्शन गरेको जानकारी अनलाइनखबरलाई दिएका छन् ।

सविनको साथमा सुशान्त कार्की, जान्वी बोहरा र सुरजनी केसीको मुख्य भूमिका रहेको यो चलचित्रले पारिवारिक प्रेम कथालाई उठान गरेको छ ।

शुक्रबार र शनिबार काठमाण्डौका केही हल हाउसफूल भएको निर्माताको दाबी छ । भुकम्पपछि सार्वजनिक प्रदर्शनमा आएका चलचित्रमध्ये केही आशा गरिएको पहिलो चलचित्र थियो, ‘सपना तिम्रो मेरो’ । दर्शकले चलचित्रको कथावस्तुलाई मन पराएको निर्देशक तथा लेखक आचार्य बताउँछन् ।

दुई हट हिरोइनलाई चुम्दै सविन, सार्वजनिक कार्यक्रममै के भयो उनलाई ?(फोटो फिचरसहित)

React to this post

Conversation

New Old Popular

Subscribe to our newsletter

Subscribe to Onlinekhabar English to get notified of exclusive news stories.