+

संविधान जारीका लागि चार शक्ति सहमति नजिक

Four-Party-Meeting

१९ जेठ, काठमाडौं । संविधान निर्माण, विपद् व्यवस्थापन र राष्ट्रिय सहमतिको सरकार गठनलगायत विषयमा छलफल गर्दै आएका चार प्रमुख राजनीतिक शक्ति सहमति नजिक पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, एमाले, एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताबीचको मंगलबरा बसेको दोस्रो बैठकमा संविधान जारी गर्ने मिति तय नभए पनि सहमतिका आधारमा संविधान जारी नगरी राष्ट्रिय एकता र सङ्कट समाधान नहुनेमा सिद्धान्ततः सहमति भएको  जनाइएको छ ।

बैठकपछि मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले नमिलेका कुरा जस्तै सङ्घीयतामा ६ वा ७ प्रदेशमा जाने, निर्वाचन प्रणालीको समानुपातिक र प्रत्यक्षलाई ६०/४० को अनुपात बनाउने विषयमा सकारात्मक कुराकानी भएको बताए । उनका अनुसनर बुधबार आफ्ना पार्टीभित्र तथा द्विपक्षीय छलफल गरी जेठ २१ भित्र सहमति गरिनेछ ।

यसैबीच, संविधान निर्माणका विषयमा पार्टीको धारणा तय गर्न मंगलबार बस्ने भनिएको एमाले स्थायी कमिटीको बैठक चार शक्तिको बैठकका कारण स्थगित भएको छ । रासस

React to this post

Conversation

New Old Popular