+

प्रहरीको गोली लागेर रेडक्रसकर्मी र राप्रपा नेपालकी नेतृको मृत्यु

jaleshwor

२५ भदौ, काठमाडौं । महोत्तरीको जलेश्वरमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ । ६ जना घाएते भएका छन् ।

त्यसअघिसशस्त्र प्रहरीका असईको हत्या गरेका थिए । आन्दोलनकारीको कुटाइबाट घाइते भएका सशस्त्र प्रहरीका असईको हत्या भएपछि जलेश्वर थप तनावग्रस्त बनेको हो ।

दिउँसो भएको झडपमा प्रहरीको गोलीबाट हगीलेक गाविस घर भएकी रामशिला मण्डलको मृत्यु भएको छ । उनी राप्रपा नेपाल महोत्तरी जिल्ला कार्यसमिति सदस्य हुन् ।

अर्की एक महिलालाई गोली लागेको छ । गोली लागेर शैलादेवी चौधरी घाइते भएका हुन् ।

प्रहरीको गोली लागेर गणेश चौधरीको मृत्यु भएको छ । उनी रेडक्रसको बज्राही शाखा सभापति समेत हुन् ।

प्रहरीको गोली लागेर ६ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

जलेश्वरको महादेव मन्दिरदेखि महेन्द्र चोकसम्मको क्षेत्रमा अहिले पनि तनाव कायमै छ ।

React to this post

Conversation

New Old Popular