+

प्रधानमन्त्री कप महिला क्रिकेटमा जनकपुर च्याम्पियन

Janakpur Win PRIME MINISTER CUP

२ असार, काठमाडौं । जनकपुर प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको च्याम्पियन बनेको छ । बुधबार भएको उपाधि भिडन्तमा क्षेत्र नम्बर ७ जनकपुरले सशस्त्र प्रहरीको एपीएफलाई ७ विकेटले पराजित गरेको छ ।

उपाधिसँगै जनकपुरले ५० हजार हात पारेको छ भने एपीएफले ३० हजारमा चिक्त बुझाएको छ । क्षेत्र नम्बर ९ धनगढी तेस्रो भएको छ ।

पोखरामा भएको टस हारेर पहिले व्याटिङको निम्तो पाएको जनकपुरले १७.३ ओभरमा सबै विकेट गुममाएर ४५ रन मात्र बनाउन सक्यो ।

जनकपुरका चार ब्याट्सवुमन शुन्यमै आउट भए । सारस्व चौधरीले १२ रन जोडे ।

एपीएफका भण्डारीले २ ओभरमा ३ रन दिएर ३ विकेट लिइन् भने रुविना क्षेत्रीले ४ ओभरमा २ मेडन राख्दै ४ रन खर्चिएर २ विकेट हात पारिन् ।

जवाफमा मैदान उत्रिएको एपीएफले १७.५ ओभरमा ४० रन जोड्दा सबै विकेट गुमायो । कुनै पनि ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् ।

जनकपुरकी सन्तोषी चौधरीले ३ तथा सरस्व चौधरीले २ विकेट हात पारिन् ।

क्षेत्र नम्बर ९ धनगढीले विराटनगरलाई ७ विकेटले पराजित गर्दै तेश्रो भएको छ । तेश्रो भएको धनगढीले नगद २० हजार र ट्रफी हात पारेको छ ।

प्रतियोगितामा सन्तोषी चौधरी प्लेयर अफ दी म्याच भइन् । उनले नगद १० हजार प्राप्त गरिन् ।

त्यस्तै, नेपालगञ्जकी तृष्णा सिंह बेष्ट बलर, जनकपुरकी शोभा आले बेष्ट व्याट्स वुमेन, विराटनगरकी अप्सरी बेगम उदीयमान खेलाडीका रुपमा पुरस्कृत भए । उनीहरुलाई नगद ५/५ हजार प्रदान गरिएको छ ।

React to this post

Conversation

New Old Popular