+

Live अपडेट : संविधानसभामा मतदान सुरु

Ca-Meet

२८ भदौ, काठमाडौं । नयाा संविधानको विधेयकमाथि संविधानसभामा मतदान सुरु भएको छ । अहिले विभिन्न धारामा परेको संशोधनमा मतदान भइरहेको छ ।

यसअघि आइतबारको बैठकले धारा १, २ र ३ लाई पास गरेको थियो ।

  • धारा ४ : यो धारामा नेपाल धर्मनिरपेक्ष रहने उल्लेख छ । यसमा राप्रपा नेपालका कमल थापा लगायतले राखेको संशोधन प्रस्ताव अस्वीकृत गरेको छ ।
  • धारा ४ मा कांग्रेस, एमाले र एमाओवादीले राखेको संयुक्त संशोधन बहुमतले स्वीकृत भएको छ । तीन दलको संशोधनमा धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलि आएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’ भनिएको छ । साथै यसलार्इ संविधान विधेयकको अंग बनेको प्रस्ताव स्वीकृत भएको छ ।
  • धारा ५: राष्ट्रिय हित
    यसमा सभासद श्याम श्रेष्ठले राखेको प्रस्ताव अस्वीकृत भएको छ । सभासद गोपाल दलित, विश्वेन्द्र पासवानले राखेको संशोधन पनि अस्वीकृत भएको छ । 
  • धारा ५ मा कांग्रेस, एमाले र एमाओवादीले राखेको संशोधन बहुमतले स्वीकृत भएको छ । तीन दलको संशोधनमा “स्वाभिमानको रक्षा, नेपालीको हक तथा” भन्ने शब्दहरुको सट्टा “स्वाभिमान, नेपालीको हक हितको रक्षा,” भन्ने शब्दहरु राख्ने उल्लेख छ ।
  • धारा ६ मा सभासद लक्ष्मण राजवंशीले राखेको संशोधन बहुमतले अस्वीकृत भएको छ । संविधानसभाले धारा ६ लाई संविधानको परिमाजित विधेयकको अंग बनाउने प्रस्ताव पारित गरेको छ ।
  • धारा ७ मा नेपाली भाषा सरकारी कामकाजको भाषा हुने उल्लेख छ । यसमा एमाओवादी सभासदले दर्ता गरेको संशोधन फिर्ता भएको छ । शिवलाल थापा, यशोदाकुमारी लामा, श्याम श्रेष्ठ, गोपाल दहितले राखेको  संशोधन बहुमतले अस्वीकृत भएको छ ।

React to this post

Conversation

New Old Popular