+

जनताको सुझाव अध्ययन गर्न शीर्ष नेता सम्मिलित कार्यदल बन्ने

top-leader-650

  • फाइल फोटो

१४ साउन, काठमाडौं । नयाँ संविधानमा जनताबाट आएका सुझाव कसरी समेट्ने भनेर सुझाव दिन शीर्ष नेता सम्मिलित कार्यदल बनाउन प्रमुख चार दल सहमत भएका छन् ।

विहीबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङको समेत सहभागीतामा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका नेताहरुबीच छलफल भएको थियो ।

छलफल पछि एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोख्रेलले जनताका राय सुझाव समेट्न संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले कार्यदल गठन गर्ने जानकारी दिए । पोख्रेलका अनुसार संवाद समितिका सभापति डा. बाबुराम भट्टराई संयोजकत्वको कार्यदलमा प्रमुख चार दलका शीर्ष नेताहरु सदस्य रहने छन् ।

कार्यदलले नयाँ संविधानमा जनताका कुन कुन सुझाव कसरी समेट्ने भनेर सम्वाद समितिलाई सुझाव दिने छ । त्यसअघि असन्तुष्ट दल लगायत सबै पक्षसँग छलफल समेत गरिने छ ।

पोख्रेलले संविधान निर्माणको सन्दर्भमा आएका सुझाव र मागहरु सकेसम्म समेट्न कार्यदलले कोशिस गर्ने बताए ।

React to this post

Conversation

New Old Popular