+

बेनिटेज रियल मड्रिडको प्रशिक्षकमा नियुक्त

Rafael-Benitez

२० जेठ, काठमाडौं । राफेल बेनिटेज स्पेनिस जाइन्ट रियल मड्रिडको प्रशिक्षकमा नियुक्त भएका छन् ।

गत साता कार्लो एन्लेलोटीलाई बर्खास्त गरेको रियल मड्रिडले स्पेनका बेनिटेजलाई तीन वर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको हो ।

५५ वर्षका बेनिजेट स्पेन आउनु अघि इटालियन क्लब नापोलीको प्रशिक्षक थिए ।

बेनिटेजले प्रशिक्षक करियर रियल मडि्रडबै बी टीमबाट सुरु गरेका थिए । भ्यालेन्सिया, लिभरपुल र चेल्सीको अन्तरिम प्रशिक्षकका रुपमा भने उनी निकै सफल रहे ।

React to this post

Conversation

New Old Popular