+

जनकपुरमा शुक्रबारबाट अनिश्चितकालीन कर्फ्यू

Janakpur-aandolan-2

वीरेन्द्र रमण

२४ भदौ, जनकपुर । स्थानीय प्रशासनले जनकपुरमा शुक्रबार विहानबाट लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

शुक्रबार विहान ६ बजेबाट कर्फ्यू लागू हुने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबार प्रदर्शनको तयारी गरेको छ । गाउँ गाउँबाट मानिसहरुलाई जनकपुरमा ल्याउने तयारी गरेपछि स्थिति विग्रन नदिन स्थानीय प्रशासनले सतर्कता बढाएको हो ।

पछिल्लो दिनमा जनकपुरमा झडपहरु बढेको छ । मधेसी मोर्चाका कार्यकताले कांग्रेस कार्यालयमा आगजनी गरेका थिए भने एमाले कार्यालयमा पनि आगजनीको प्रयास गरेका थिए ।

React to this post

Conversation

New Old Popular