+

गाई करणीको अभियोगमा एक युवक पक्राउ

२६ चैत्र, ताप्लेजुङ । गाई करणी गरेको अभियोगमा ताप्लेजुङको तेल्लोकका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जंगलमा छाडिएको गाईलाई करणी गरेको अभियोगमा प्रहरीले १८ वर्षीय गिरी थरका एक युवकलाई पक्राउ गरेको हो ।

डीएसपी शान्तिराज कोइरालाले गाई धनी खेवाङ ६, तावा निवासी पुजन गिरीको जाहेरीका आधारमा अनुसन्धानका लागि ती युवकलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ गरिएका युवकलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ ।

मुलुकी ऐनअनुसार गाई करणी गरेको अभियोग प्रमाणित भएमा दोषीलाई २ वर्षसम्म कैदको सजायँ हुन सक्छ ।

React to this post

Conversation

New Old Popular