+

सरकारको निती लत्याउँदै भैरहवाको रेडसन रिसोर्ट

सलमान खान

३२ जेठ, भैरहवा । बैशाख १२ गते आएको विनासकारी भुकम्पपछि सरकारले तत्काल भवन निर्माणमा रोक लगाएको छ । तर, सरकारी नीतिको वेवास्ता गर्दै भैरहवाको बसन्तपुर गाविस वडा नं.८ मा रहेको रेडसन रिसोर्टले भवन निर्माण गरिरहेको छ ।

4पराकम्पन आइरहेकै अवस्थामा भवन निर्माण कार्य अगाडि बढाएर रिसोर्टले पर्यटकको ज्यानमाथि खेलवाड गरेको स्थानीय राजु क्षेत्री बताउँछन् ।

संघिय मामलिा तथा स्थानिय विकास मन्त्रालयले गत जेठ २ गते मुलुकका सम्पुर्ण जिल्ला विकास समिती, महानगरपालिका, पमहानगरपालिका, नगरपालिका कार्यालयहरुलाई पत्र पठाउदै भवन निर्माण सम्बन्धि मापदण्ड, भवन संहिता तथा भवन निर्माण निर्देशिका एवम त्सय संग सम्बन्धित निर्माण तथा नितिको पुनरावलोकन गर्नु पर्ने भन्दै देशै भर सम्पूर्ण किसिमका निर्माणमा रोक लगाएको छ ।

महाभुकम्पका कारण भवन निर्माण संहिता मानी या नमानी बनाईएका ठूला-ठूला घरहरु भत्केका कारण नै सरकारले उपप्रधानमन्त्रीस्तरको निर्णय गर्दै यस्तो निर्माण कार्यमा रोक लगाए पनि रेडसन रिसोर्टले यसलाई लत्याउदै ४ तल्ले भवन निर्माण थालेको हो ।

मन्त्रालयको चलानी नम्बर ४०९ मिति २०७२।२।४ गते सबै जिविसहरुमा परिपत्र गरिएको पत्रमा चालु आर्थिक बर्षको अन्तिम सम्म कुनै पनि नया भवन निर्माणको नक्शा पास नगर्न स्पष्ट निर्देशन दिईएको छ । यसगरी उक्त अवधिभर निवेदन दर्ता भई सकेका र नक्शा पास स्विकृति नभई सकेका घरहरुको समेत निर्माण स्विकृति नदिन उल्लेख छ ।

1त्यस्तै, सोही पत्रको बुँदा नं. २ मा नक्शा पास भै सकेको र निर्माण कार्य शुरु नभएको हकमा समेत तत्काल निर्माण कार्य नगर्न आदेश दिएको छ । यसै गरि भवन निर्माण नक्सा पास गरि स्विकृत मापदण्ड अनुसार निर्माण कार्य शुरु भैसकेको भवनको हकमा समेत अगामी २०७२ साल अषाढ मसान्त सम्मको लागी भुईतल्ला समेत गरि २ तल्ला भन्दा माथी निर्माण कार्य गर्न नदिने ब्यावस्था मिलाउन संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले मातहतका निकायहरुलाई सपष्ट निर्देशन दिएको छ ।

मन्त्रालयको आदेशका नाममा स्थानिय निकायले स-साना घरको निर्माण कार्य रोके पनि रेडसन जस्ता ठूला घर निर्माणमा केही नभन्दा यसमा ठुलै आर्थिक कारोबारले काम गरेको हुन सक्ने नगरवासीको अनुमान रहेको छ ।

६० कोठा हुने उक्त भवन रिसोर्टले १ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित अहिले द्रुतस्तरमा काम बढाए पनि अनुगमक निकाय गाविसको कार्यालय, जिल्ला बिकास समिति लगायतका सबैले आखाँ चिम्लिेर बसेका छन् ।

हाल अहिले रिसोर्टमा ४ तल्ले भवन निर्माणका कार्यमा सोलिङ्गको काम सम्पन्न भइसकेको र पिलर राख्ने कार्य सुरु भएको छ ।

करिब १५ दिन अघिदेखि ६० कोठाको ४ तल्ले भवन निर्माण थालिएका रिसोर्टका संचालन बुद्धिराम यादवले बताए । सरकारले आषाढ मसान्त सम्म भवन निर्माणमा रोक लगाएको छ नि भन्ने प्रश्नमा उनले रिसोर्ट गाविसमा भएको कारण भवन निर्माण कार्य सुरु गरिएको र निर्माणधिन भवन भुकम्प प्रतिरोधात्मक रहेन दाबी गरे ।

यता बसन्तपुर गाविस कार्यालयका सचिवले खेम प्रसाद ढुगांनाले गाविसमा भवन निर्माणका लागि कसैले पनि कुनै किसिमको अनुमति नलिएको र रेडसन रिसोर्टले पनि सरकारको नीति विपरीत भवन निर्माण कार्य अगाडि बढाएको बताए ।

React to this post

Conversation

New Old Popular