+

राष्ट्रपतिबाट २२९ जनालाई नेपाल विद्याभूषण पदक प्रदान

Rambaran-Yadav२२ भदौ, काठमाडौँ । राष्ट्रपति डा. रामवरण यादवले ३६ औँ राष्ट्रिय शिक्षा दिवस २०७२ को उपलक्ष्यमा मङ्गलबार बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा २२९ जना छात्रछात्रालाई नेपाल विद्याभूषण प्रदान गरेका छन् ।

राष्ट्रपति यादवले १४१ जनालाई ‘क’ श्रेणी, ७४ जनालाई ‘ख’ श्रेणी र १४ जनालाई ‘ग’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरेका हुन् ।

विद्यावारिधीको उपाधि प्राप्त गर्नेलाई ‘क’ श्रेणी, विश्वविद्यालयद्वारा सञ्चालित स्नातकोत्तर तहको विभिन्न सङ्कायको परीक्षामा सर्वोकृष्ट नजिता प्राप्त गर्नेलाई ‘ख’ श्रेणी र स्नातक तहमा सर्वोकृष्ट नजिता हासिल गर्नेलाई ‘ग’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरिन्छ ।

समारोहमा राष्ट्रपति यादवले स्नातकतहतर्फको २०७१ सालको नेपाल छात्रा विद्यापदक ३१ जना र प्रमाणपत्र तहतर्फको नेपाल छात्रा विद्यापदक आठ जना छात्रालाई प्रदान गरे ।

यस वर्षको शिक्षा दिवसको नारा ‘दीगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था’ रहेको छ ।

समारोहमा उपराष्ट्रपति परमानन्द झा, शिक्षामन्त्री चित्रलेखा यादवलगायत नेपाल सरकारका विशिष्ट अधिकृतहरु सहभागी थिए । रासस

React to this post

Conversation

New Old Popular