+

एनसेल अन्डर १८ अन्तरकलेज बास्केटबल हुने

२७ साउन, काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपाल बास्केटबल संघसँग मिलेर अन्डर १८ अन्तरकलेज बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

भदौ १५ देखि २६ गतेसम्म हुने प्रतियोगितामा काठमाडौ उपत्यकाका १६ वटा कलेजहरुको सहभागिता हुनेछ । प्रतियोगितामा भाग लिन इच्छुक कलेजहरुको सहभागिताका लागि साउन ३१ गते सम्म रजिष्ट्रेसन खुल्ला गरिएको छ ।
नेपाल बास्केटबल संघका प्राविधिक समिति, सल्लाहकार समिति, रेफ्री समिति र आयोजकको संयुक्त कार्यदलले प्राप्त रेजिष्ट्रेसनबाट १६ वटा कलेजको छनौट गर्नेछ ।

छनौट भएका कलेजको ४ वटा गु्रपमा विभाजन गरी प्रतियोगिता चल्नेछ । समग्रमा प्रतियोगितामा ३२ वटा म्याच खेलिनेछ, जस अन्तर्गत २४ वटा समुह चरणको खेल हुनेछ । प्रत्येक समुहका विजेता तथा उपविजेता कलेजलेे क्वाटर फाइनल, सेमिफाइनल तथा फाइनल खेल खेल्नेछन् ।

अन्डर १८ अन्तरकलेज बास्केटबल प्रतियोगिताको विजयी टोलीले ट्रफी सहित रु एक लाख पुरस्कार प्राप्त गर्नेछ । साथै दोस्रो तथा तेेस्रो स्थानमा आउने टोलीले ट्रफी सहित क्रमश पचहत्तर हजार र रु पचास हजारको पुरस्कार प्राप्त गर्नेछन् ।

“एनसेलले नेपाली खेलकुदको विकासमा टेवा पुर्‍याउने उद्देश्यले फुटबल, कि्रकेट लगायतका खेल प्रायोजन गर्दै आएको मा अहिले एनसेल अन्डर१८ अन्तरकलेज बास्केटबल प्रतियोगिताको घोषणा गर्न पाउँदा हामी हषिर्त छौं । यसले बास्केटबलमा रुचि भएका युवालाई आफ्नो कौशल देखाउन तथा दक्षता विकास गर्न योगदान पुर्‍याउने विश्वास छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

React to this post

Conversation

New Old Popular