+

पेड्रो चेल्सी जाने पक्का

Pedro

२ भदौ, काठमाडौं । चेल्सीले युरोपियन च्याम्पियन बार्सिलोनाका विंगर पेड्रोलाई २१.१ मिलियन पाउण्डमा किन्ने भएको छ ।

२८ वर्षीय स्पेनिसलाई क्लबमा भित्र्याउन म्यानचेष्टर युनाइटेड र चेस्सीबीच प्रतिस्पर्धा थियो । तर, जोजे माउरिन्होले बाजी मागेका छन् ।

युनाइटेडले १७ मिलियन प्रस्ताव गरेको थियो, जसले पेड्रोलाई आकषिर्त गर्न सकेको थिएन । चेल्सीले १९ मिलियन प्रस्ताव गर्‍यो र पेड्रो लन्डन आउन सहमत भएका छन् ।

चेल्सीले गत सिजन बार्सिलोनाबाटै सेस फेबि्रगासलाई किनेको थियो ।

पेड्रोले बार्सिलोनाबाट पाँच ला लिगा जितेका छन् । तीन च्याम्पियन्स लिगको उपाधि उचालेका उनले स्पेनबाट खेलेर २०१० मा विश्वकपको उपाभि समेत जितेका थिए ।

गत सिजन बार्सिलोनाले लुइस स्वरेजलाई भित्र्याएपछि पेड्रो पहिलो रोजाइमा कम पर्न थालेका थिए ।

React to this post

Conversation

New Old Popular