+

एनआरएनले भन्यो- आन्दोलन संयमित बनाउ, अर्थतन्त्र सुचारु गर

फाइल तस्विर
फाइल तस्विर

२५ भदौ, काठमाण्डौ । गैरआवासीय नेपाली संघले झण्डै एक महिनादेखि भइरहेको बन्द हड्ताल तथा हिंसात्मक आन्दोलनप्रति चिन्ता ब्यक्त गर्दै अधिकार प्राप्तिको आन्दोलनलाई संयमित बनाउन आह्वान गरेको छ ।
एनआरएन अध्यक्ष शेष घलेले शुक्रबार एक बिज्ञप्ति जारी गरी राजनीतिक आन्दोलन गर्दा अर्थतन्त्र तहसनहस नहोस् र आम नागरिकको दैनिकीलाई कष्ठकर नहोस् भनी ध्यान पुर्‍याउन सवै राजनीतिक दलमा आग्रह गरेका छन् ।

‘दशैं तिहार जस्ता मुख्य चाडपर्वको सम्मुखमा मुलुकको अर्थतन्त्र नै डामाडोल बनाउनेगरी तीन सातायता भइरहेका आन्दोलनले सवैभन्दा ठूलो क्षति दैनिक श्रम गर्नुपर्ने आम नागरिकलाई परेको तथ्य जगजाहेर नै छ ।’ अध्यक्ष घलेले भनेका छन्-‘ आफ्नो अधिकार प्राप्तिको आन्दोलनका कारण आम नागरिकको अधिकार हनन् भइरहेको र यसले अन्ततः मुलुकको अर्थतन्त्रलाई तहसनह बनाएको तथ्यप्रति गम्भीर बन्दै बन्द हड्ताल तत्काल खुला गर्न र आन्दोलनलाई संयमित बनाउन गैरआवासीय नेपाली संघ सम्बन्धित सबै पक्षलाई हार्दिक अनुरोध गर्दछ ।

मुख्य राजनीतिक दलहरुले वाचा गरेको अवधिभित्र संविधान बन्न नसकेको दुखद् परिस्थीति र दशौं हजार मानिसको ज्यान र खबौं रुपैयाँको भौतिक संरचना ध्वस्त हुने गरी गएको महाभूकम्पले भत्काएको देशलाई पुनःनिर्माण गर्ने गम्भिर अबस्थालाई समेत ध्यान दिन संघले आग्रह गरेको छ ।

‘समयमै संविधान पनि नबन्ने र पुनःनिर्माणको काम पनि कसैको प्राथमिकतामा नपर्ने यस्तो परिस्थीतिमा हामी कतातिर गइरहेका छौं भन्ने प्रश्नले हामी सम्पूर्ण गैरआवासीय नेपालीलाई गम्भिर बनाएको छ ।’ घलेले बिज्ञप्तिमार्फत् भनेका छन्- ‘राष्ट्र पुनःनिर्माण र सम्बृद्धिका लागि साझेदारी गर्न आतुर लाखौं गैरआवासीय नेपाली र बिदेशी दाताहरु समेत यही प्रश्नको जवाफ खोजिरहेका छन् ।’

एनआरएनले भनेको छ- तसर्थ, अधिकतम सहमतिका आधारमा संविधान निर्माण प्रकृयालाई निष्र्कषमा पुर्‍याइ राष्ट्र पुनःनिर्माणको अभियान सुरुवात गर्न गैरआवासीय नेपाली संघ मुलुकका सवै जिम्मेवार राजनीतिक दल, नागरिक समाज तथा आन्दोलनरत पक्षहरुसँग हार्दिक आह्वान गर्दछ । जनजीवन र अर्थतन्त्र नै संकटमा पर्नेगरी भएका हप्तौं लामो बन्द र हड्तालका कार्यक्रम स्थगित गरी जनजीवन र अर्थब्यबस्थालाई सहज बनाइदिनसमेत हामी सरोकारवाला सवैसमक्ष हार्दिक आह्वान गर्दछौं ।’

React to this post

Conversation

New Old Popular