Rajendra Lingden - Jhapa-3

Province-1   Party: RPP   Total Vote Comment:  

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री लिङ्देन पाँचथरको अमरपुरमा जन्मिएर झापाको हल्दीबारी स्थायी बसोबास गर्छन् । लिङ्देन ०३६ सालमा विद्यार्थी राजनीति हुँदै राप्रपाको राजनीतिमा आएका हुन् । ०२२ सालमा जन्मिएका उनले स्नातक उत्तीर्ण गरेका छन् ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा लिएपछि लिङ्देन झापा जिल्ला विकास समितिको सभापति भए । त्यहीबेला उनले आˆनो प्रभाव विस्तार गरेका हुन् ।

लिङ्देन ०५६ को आम चुनावमा झापा क्षेत्र नं. १ बाट चुनाव लडेका थिए । तर, पराजित भए । कांग्रेस नेता कृष्णप्रसाद सिटौला विजयी हुँदा उनी तेस्रो स्थानमा आए । ०७० सालको संविधानसभा निर्वाचनमा लिङ्देन फेरि कांग्रेस नेता सिटौलाविरुद्ध झापा ३ मा उम्मेदवार बने ।

सिटौलाले १४ हजार ३ सय ५५ मत ल्याउँदै सांसद बन्दा लिङ्देन दोस्रो भए । अहिले ०७४ सालको प्रतिनिधिसभाको निर्वाचन पुनः तिनै सिटौलासँग लिङ्देनले प्रतिस्पर्धा गर्दैछन् ।

झापामा पार्टीलाई ०७४ सालको स्थानीय निर्वाचनमा ३ स्थानीय तहमा जित दिलाउन उनले महत्वपूर्ण भूमिका खेलका थिए । कांग्रेसका प्रभावशाली नेता सिटौला र राप्रपा नेता लिङ्देनबीचको चुनावी भिडन्तका कारण झापा ३ अहिले चर्चामा छ ।

लिङदेनलाई झापा ३ मा एमालेले समर्थन गर्ने वचन दिएको छ । माओवादीले भने लिङदेनलाई सघाउने औपचारिक निर्णय गरेको छैन । कांग्रेस नेता सिटौलाले आफू गणतन्त्रवादी भएको भन्दै माओवादीको मत आफूले पाउनुपर्ने माग गरिरहेका छन् ।

कमल थापा नेतृत्वको राप्रपाले मकवानपुर र झापामा अध्यक्ष र महामन्त्रीलाई जिताउने रणनीति लिएको छ ।

 

Other Candidates