नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति रुद्रवहादुर खड्का पहिलोपटक संसदको चुनावमा उम्मेवार बनेका छन् ।
एमाले केन्द्रीय सदस्य तथा कुनैबेलाका आफ्नै व्यवसायिक साझेदार पार्वत गुरुङसँग प्रतिस्पर्धा गरिरहेका खड्का ०४९ मा दोलखा जिल्ला विकास समितिको सभापति भइसकेका व्यक्ति हुन् ।
जिल्ला विकासको सभापतिको कार्यकाल सकिएपछि केही समय अमेरिका गएका खड्का लोकतन्त्र पुनस्र्थापनापछि जिल्लाको राजनीतिमा फर्किएका हुन् ।
साविक झ्याकु गाविसका स्थायी बासिन्दा खड्का राजनीतकिा साथै व्यापार व्यवसायमा पनि आवद्ध छन् ।
Other Candidates