Shiva Raj Joshi - Dailekh-2

Province-6   Party: Nepali Congress   Total Vote Comment:  

दैलेखको आठबीस नगरपालिका-१ सात्तलामा जन्मिएका शिवराज जोशीको हालको बसोबास बर्दिया जिल्लामा छ । उनी ०५६ मा दैलेख क्षेत्र नं. २ बाट सांसदमा निर्वाचित भए ।

कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहेको तत्कालीन मन्त्रिमण्डलमा जोशी श्रम तथा यातायात राज्यमन्त्री बनेका थिए । जोशी नै दैलेखबाट पहिलोपटक राज्यमन्त्री बनेका व्यक्ति हुन् ।

विंसं २००७ सालमा जन्मिएका जोशी ०२४ सालदेखि नेविसंघबाट राजनीतिमा होमिएका हुन् । उनी ०३६ सालमा दैलेख कांग्रेसको संस्थापक सभापति बने । ०५३ देखि ०७२ सम्म लगातार महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बनेका उनी १३ औं महाधिवेशनमा भने प्रतिनिधिमा परेका थिएनन् ।

स्नातक तहसम्म गरेका जोशीले भारतबाट प्रवीणता प्रमाणपत्रसम्म अध्ययन गरेर स्नातक तह त्रिचन्द्र कलेज काठमाडौंबाट उत्तीर्ण गरेका छन् ।

Other Candidates