Rajendra Bahadur Shah - Salyan-1

Province-6   Party: Nepali Congress   Total Vote Comment:  

कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका शाह पूर्वशिक्षा राज्यमन्त्री हुन् ।

शाह १६ वर्षको उमेरमै ०२५ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङको स्ववियू सभापति निर्वाचित भएका थिए । ०२७ सालमा उनी नेविसंघको संस्थापक केन्द्रीय सदस्य बने ।

०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको चुनावमा उनले कम्युनिष्ट पार्टीबाट जनपक्षीय उम्मेदवारको टिकट पाएका थिए । पार्टीले टिकट दिएपछि पूर्वप्रधानमन्त्री स्वर्गीय मरिचमान सिंह श्रेष्ठसँग प्रतिस्पर्धा गरे । तर, श्रेृष्ठसँग उनी पराजित भए ।

बहुदल आएपछि ०४८ र ०५१ को आम चुनावमा भने शाह विजयी भए । उनी ०५४ सालमा शिक्षा राज्य मन्त्री बने । शाह नेपाली कांगेसका महाधिवेशन प्रतिनिधि हुन् ।

Other Candidates